`

सरकारविरुद्ध काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन(फोटोफिचर)

Nepal One HD १० कार्तिक २०८१ १२:४४
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । सरकारविरुद्ध खबरदारी गर्न काठमाडौंको कान्तिपथबाट माओवादीको प्रदर्शन शुरू गरेको हो ।

सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर उक्त जुलुस खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया