इलामको चियालाई विश्व बजारमा लैजान सरकारले सघाउने

प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा नेपाली चिया निर्यातको सहजीकरणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।
गत डिसेम्बर ५ देखि २५ तारिखसम्म चीनको वाणिज्य मन्त्रालयको प्रायोजन तथा फुजियान प्रान्तस्थित झाङझाउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवद्र्धनसम्बन्धी तालिम’ मा सहभागी भई फर्किएको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले चिया संस्कृतिको विकाससँगै अर्गानिक चियाको उत्पादन, बजारीकरणमा जोड दिए ।
प्रधानमन्त्री चीनमा सिकेका सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन सुझाव दिए । उनले चियाको ब्रान्डिङ्ग, प्याकेजिङ र बजारीकरणका लागि सरकारले प्रोत्साहन गर्ने बताए । तालिममा नेपाली ३४ जनाको सहभागिता रहेको थियो । जसमध्ये अधिकांश इलामका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट