संयन्त्रमार्फत सरकार चलाउने अलोकतान्त्रिक अभ्यास होः शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले संसद नभएको समयमा अध्यादेश जारी गर्न मिल्ने भन्दै संसदले बनाउने सबै कानुन अध्यादेशबाट ल्याएर समृद्धि नआउने बताएका हुन् ।
उनले सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीले कांग्रेसलाई प्रतिनिधित्व नगर्ने बताए । उनले सरकार लोकतान्त्रिक शक्तिहरूको भन्न अफ्ठ्यारो पर्ने अवस्था आएको पनि बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरूद्ध छ । मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरूद्ध छ । मलाई डर लागिरहेको छ, चिन्ता लागिरहेको छ यो सरकार एमालेकरण त भइरहेको छैन ।’
उनले संयन्त्रमार्फत सरकार चलाउने अलोकतान्त्रिक अभ्यासको पनि विरोध गरे ।