`

नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई बालेनको आग्रह

Nepal One HD ९ फागुन २०८१ १०:४५
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साहले आफूलाई मेयर नभई एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले corrupt भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’


प्रतिक्रिया