`

म्यान्मारसँग खेल्ने नेपाली महिला टिमको प्लेइङ ११ सार्वजनिक

Nepal One HD १४ फागुन २०८१ १७:५५
खेलकुद

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली महिला टिमको प्लेइङ ११ सार्वजनिक भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गर्दै नेपालको प्लेइङ ११ सार्वजनिक गरेका हुन् ।

म्यानमारविरुद्ध फाइनल खेल्ने नेपालको प्लेइङ ११ मा कप्तान एञ्जिला तुम्बापो सुब्बा र रेखा पौडेल फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ६ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । यसअघि लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार २–२ गोलको बराबरीमा रोकिएका थिए ।


प्रतिक्रिया