डा विकास देवकोटा स्वास्थ्य सचिवमा बढुवा

जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २२ फागुनः सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । यही फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाउनुभएका डा देवकोटाले आजै कार्यभार सम्हाल्नुहुने राससलाई बताउनुभयो । डा देवकोटासँगै अन्य दुई जनाको नाम सचिव बढुवाका लागि सिफारिस भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट