कङ्गोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु

विश्व

कंगो लोकतान्त्रिक गणतन्त्रको राजधानी किन्सासामा आएको मुसलधारे वर्षाले करिब ३० जनाको ज्यान लिनुका साथै मध्य अफ्रिकी महानगरमा विनाश मच्चाएको एक अधिकारीले आइतबार बताएका छन् । “धेरै घाइतेहरू छन्, उनीहलाई बाहिर निकालिएको छ र अहिलेसम्म शनिबारको मुसलधारे वर्षाबाट मृत्यु हुनेहरूको सङ्ख्या ३० को हाराहारीमा छ”, किन्सासाका प्रान्तीय सार्वजनिक स्वास्थ्यमन्त्री प्याट्रिसियन गोङ्गो अबाकाजीले भन्नुभयो ।
चिकित्सकका अनुसार पीडितहरू या त डुबेका थिए वा आफ्नो घरको भित्ताहरू भत्किँदा मारिएका थिए । शुक्रबार राति शनिबारसम्म परेको वर्षापछि, पानीको सतह बढ्दा करिब एक करोड ७० लाख जनसङ्ख्या भएको महानगरको धेरै बाहिरी र गरिब उपनगरहरूलाई ध्वस्त बनाएको छ ।
त्यस्तै बढ्दो वर्षाका कारण राष्ट्रिय सडकमध्ये एकमा यातायात बन्द भयो । यो सडक किन्सासाको मुख्य सडक मार्ग हो । यो सडक मार्ग हुँदै केन्द्रबाट विमानस्थलसम्म तथा साथै धेरै छिमेकी जिल्लामा पुग्न सकिन्छ । बाढीले प्रायः किन्सासालाई प्रभावित गर्दछ । किन्सासा नाइल पछि अफ्रिकाको दोस्रो सबैभन्दा ठूलो कङ्गो नदीको किनारमा अवस्थित छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट