`

सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार

Nepal One HD १ वैशाख २०८२ १३:३३
विश्व

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) ले सिरियाको पुनर्निर्माणमा सहयोग गर्न चाहेको संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिले बताएका छन् ।

राष्ट्रपतिले अबुधाबीमा सिरियाका अन्तरिम नेता अहमद अल–शरासँगको भेटमा नाह्यानले युएईले सिरियाको पुनः निर्माणमा सहयोग गर्न चाहेको बताएका हुन् ।

सिरियाले सङ्क्रमणकालीन चरणका चुनौतीहरूको सामना गर्न र सिरियाको पुनर्निर्माण गर्न, वाम न्यूज एजेन्सीले जनाएको छ।

सिरियाली विदेशमन्त्री असद अल–शैबानीले शारासँगको भेटपछि भने, ‘आज महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।’

सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा शैबानीले लगानीका क्षेत्रहरू, हवाई यातायातको पुनरुत्थान, र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका बारेमा जानकारी गराएका थिए ।

एक दशकभन्दा लामो गृहयुद्धपछि गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गर्ने क्रममा भएको फिल्मी शैलीको आक्रमणको नेतृत्व गरेपछि शाराले आफ्नो देशका लागि खाडी राष्ट्रहरूसँग सहकार्यको लागि हात बढाएका छन् ।

तर विद्रोहीहरूले असदलाई सत्ताच्युत गरेको केही दिनपछि युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले सिरियाका नयाँ शासकहरूको इस्लामवादी संलग्नतालाई सरकारले ‘निकै चिन्ताजनक’ महसुस गरेको बताएका थिए ।

सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार गत जनवरीमा शाराले युएईका राष्ट्रपतिसँग फोनमा सम्बन्ध प्रगाढ बनाउने विषयमा कुराकानी गरेका थिए ।


प्रतिक्रिया