`

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

Nepal One HD ९ वैशाख २०८२ १९:२६
विश्व

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना-आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन्।

पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपिआरमा ) द्वारा सोमबार जारी गरिएको वक्तव्य अनुसार, उत्तर वजीरिस्तानको आदिवासी क्षेत्रमा पाँच जना आतंककारी मारिएका हुन्। उनीहरूको उपस्थितिको सूचनाका आधारमा कारबाही थालिएको थियो।

त्यस्तै, छिमेकी दक्षिण वजीरिस्तान जिल्लामा भएको अर्को कारबाहीमा एक जना उच्च-प्रोफाइल आतंककारी कमान्डरलाई सुरक्षा बलहरूले मारेका छन्।

वक्तव्यमा उल्लेख गरिएअनुसार, उक्त आतंककारी सुरक्षा निकाय र सर्वसाधारणमाथि भएका थुप्रै आक्रमणमा संलग्न थिए र कानून कार्यान्वयन निकायहरूको खोज सूचीमा रहेका थिए।कारबाहीपछाडि, क्षेत्रमा अझै बाँकी रहेका सम्भावित खतराहरू हटाउन ‘सैनिटाइजेसन अपरेसन’ जारी रहेको सेनाले जनाएको छ।


प्रतिक्रिया