माओवादी अध्यक्ष प्रचण्ड गोरखामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने

राजनीति

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन् । अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नेछन् ।
बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट