लैराई जात्रामा भागदौड मच्चिदा ७ जनाको मृत्यु

विश्व

गोवा । भारतको गोवास्थित शिरगाउँमा आयोजना गरिएको प्रसिद्ध धार्मिक पर्व श्री लैराई जात्राको क्रममा शुक्रबार राति भागदौड मच्चिँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी श्रद्धालु घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार हजारौं श्रद्धालु पुजामा सहभागी हुन जम्मा भएका बेला भागदौड मच्चिएको थियो । भिड अत्यधिक भएपछि व्यवस्थापन गम्भीर रुपमा प्रभावित भएको र स्थिति नियन्त्रणबाहिर जाँदा भागदौड भएको जनाइएको छ ।
धेरैजसो घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ । घटनास्थलमा प्रहरी र आपतकालीन उद्धार टोली परिचालन गरिएको छ। राज्य सरकारद्वारा घटनाको उच्चस्तरीय छानबिनको आदेश दिइएको छ।
मुख्यमन्त्री प्रमोद सावन्तले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग र राहतको व्यवस्था तुरुन्तै मिलाइने बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट