`

सरकार ढल्ने वक्तव्य र बकवासहरु निरर्थक सावित भएः सांसद थापा

Nepal One HD २२ वैशाख २०८२ १३:२०
राजनीति

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार ढलिहाल्ने वक्तव्यमा नरमाउन नेकपा माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले माओवादी प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् । उनले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरे ।

उनले भने,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकें, अब रहँदैनजस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुनेक्रम जारी छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् ।’

थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबदलिने भन्दै निन्द्राबाट ब्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न राजावादीलाई सुझाव दिए । उनले राप्रपालाई सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न आग्रह गरे ।


प्रतिक्रिया