समाचार

मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित आठ जनाविरुद्ध मुद्दा दायर

NepalOne
४ जेठ २०८२ १५:००

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादव, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मुक्तानसमेत आठजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले यादव र थापासहित तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया