`

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

Nepal One HD १८ असार २०८२ १८:१०
राजनीति

काठमाडौँ, १८ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रूपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *