पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित


काठमाडौं । पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । पत्रकार पाठक आज अदालतमा उपस्थित भएका हुन् ।
पाठकको आजै बयान हुने र बयानपछि थुनछेक बहस हुनेछ । पाठकविरुद्ध असार १६ मा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो ।
साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।
अभियोगमा पाठकले युट्युब च्यानलमार्फत् प्रसारण गरेको भिडियोले सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता, र शिष्टाचारमा आँच पुर्याएको तथा चरित्र हत्या गरेको दाबी गरिएको छ ।
उक्त भिडियोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको भन्ने सामग्री प्रस्तुत गरिएको थियो ।