`

देशमा केही भएन भन्ने गलत भाष्य बनाउन खोजियोः उपप्रधानमन्त्री सिंह

Nepal One HD २८ असार २०८२ १३:३३
प्रमुख खबर

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेस नागार्जुन नगरपालिका वडा नम्बर २ ले शनिबार आयोजना गरेको एसइई सम्मान कार्यक्रममा उपप्रधानमन्त्री सिंहले देशमा केही हुँदैन भनेर युवा पुस्तालाई भ्रमित गर्ने प्रयास नगर्न आग्रह गरे ।

’देशमा केही भएन, हुँदैन भनेर गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भन्यो त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीले सत्यतथ्य के हो ? विवेकको प्रयोग गरेर बुझ्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले लहै लहैमा नलागौं । केही भएन भन्ने सत्य होइन । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ युवा विद्यार्थीहरूले आफ्नै अग्रज र अभिभावकहरूसँग सोध्नुभयो भने थाहा हुन्छ । धेरै कुरा भएको छ, अझै गर्न बाँकी धेरै छ ।’

उनले अहिले नेपालमा शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै प्रगति भएको बताए । आफूहरू विद्यार्थी हुँदा अध्ययनका लागि विषय छनौटको सीमितता रहेको भन्दै उनले अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था बनेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *