घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रसाईलीले मन्त्रीहरु आफैंले नैतिकाको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्रीले उनीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘मन्त्रीको भ्वाइस रेकर्ड नै बाहिर आएपछि त्यसमा सरकारको आन्तरिक छलफलको विषय पनि बनाउनुपर्छ । सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रर्दशन गर्नुपर्छ । मुलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौति थपिएको छ । सरकारले यसमा छानविन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । पहिलो कुरा मन्त्रीहरुले राजीनामा दिनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’
सामान्य प्रशासन मन्त्री गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको छ । उक्त अडियोमा भूमिमन्त्री बलराम अधिकारी पनि जोडिएका छन् ।