गोसाइँकुण्ड मार्गमा तीर्थयात्रु बेपत्ता

समाज

रसुवा, २५ साउनः रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेप्त्ता भएको प्रहरीमा जाहेरी दिएका थिए । चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ । चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएको क्षेत्र हो ।
हराएको सूचना पाउँना साथ प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल, श्रीनाथ गणको नेपाली सेनाको टोली र नेपाल प्रहरीको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट