पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

समाचार

मान्म । पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खँँस्दा यातायात अवरुद्ध भएको हो ।
कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खँँस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाँउने काम भइरहेको छ ।
रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोर अन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् । पहिरोले सडक अवरुद्ध भएपछि कालीकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट