`

रविलाई देखियो भिटामिन डीको कमी, परामर्श दिन चिकित्सकहरु नख्खु जाने

Nepal One HD ३ भदौ २०८२ १२:२८
समाचार

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ । सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो ।

सोही रगतको परिक्षण पछि उनलाई भिटामिन-डी को कमि देखिएको हो ।

रगतको नमुना लिनका लागि हिजो ट्रमा सेन्टरबाट डा. जितेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी नख्खु कारागार गएका थिए ।

आज उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन चिकित्सक नख्खु कारागारमै जान लागेका छन् ।

लामिछानेलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *