`

साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

Nepal One HD ४ भदौ २०८२ १८:१०
खेलकुद

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ।

भुटानको थिम्पुस्थित चाङिलमिथाङ रंगशालामा आज भएको खेलमा भारतसँग नेपाल ७-० गोलअन्तरले पराजित भएको हो। भारतले खेलको पहिलो हाफमा पाँच गोल गर्‍यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई/दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन्।

डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन्। जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन्। अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *