देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
बैठक भोलि (आइतबार) बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट