`

हिमाचल प्रदेशमा पहिरो जाँदा ५ जनाको मृत्यु, ३ जना घाइते

Nepal One HD २४ भदौ २०८२ २०:३५
विश्व

भारतको उत्तर राज्य हिमाचल प्रदेशमा ठूलो पहिरो जाँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।मंगलबार बिहान कुल्लु जिल्लाको शरमणी गाउँमा पहिरो जाँदा उक्त घटना भएको हो। राजधानी सिमलाबाट करिब २१० किलोमिटर टाढा पर्ने उक्त गाउँमा पहिरो जाँदा घरहरू पुर्ने स्थिति आएको बताइएको छ।

स्थानीय अधिकारीले जानकारी दिएअनुसार, पहिरो गएको बेला सबै बासिन्दा निद्रामा थिए, जसले गर्दा समयमै सुरक्षित स्थानमा जान सक्ने मौका पाएका थिएनन्।मृतकमध्ये दुई महिला र दुई जना साना बालबालिका रहेका छन्। घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मनसुन सुरु भएयता हिमाचल प्रदेशमा निरन्तर बाढी, पहिरो र बादल फुट्ने घटनाहरूले ठुलो जनधनको क्षति पुर्‍याइरहेका छन्।राज्य आपतकालीन सञ्चालन केन्द्रद्वारा जारी प्रतिवेदनअनुसार, जुन २० देखि सेप्टेम्बर ९ सम्मको अवधिमा मात्रै ३७८ जनाको मृत्यु, ४० जना बेपत्ता र ४३७ जना घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *