`

सभापति देउवा र नेतृ राणामाथिको आक्रमण अमानवीय : कांग्रेस

Nepal One HD २९ भदौ २०८२ १७:२८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित विभिन्न नेतामाथि भएको आक्रमणलाई पनि कांग्रेसले अमानवीय भन्दै निन्दा गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनमा युवाको ज्यान जानु र खर्बौं मूल्यको सम्पत्ति नष्ट हुनु दुःखद भएको उल्लेख छ । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा संवेदना व्यक्त गर्दै घटनाको छानबिन तत्काल सुरु गर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।

विज्ञप्तिमा आन्दोलनमा घुसपैठका कारण सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि निजी घर र व्यवसायिक प्रतिष्ठानसम्ममा भएको तोडफोड र आगजनी निन्दनीय र भत्र्सनायोग्य भएको उल्लेख गरिएको छ । कांग्रेसले सरकारले वास्तविक क्षतिको आंकलन तत्काल सुरु गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *