`

इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह

Nepal One HD ३० भदौ २०८२ ८:१७
विश्व

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गर्नुभएको छ ।

दोहामा इजरायलले हमासका नेताहरूमाथि अभूतपूर्व हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित तयारी बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्ने र इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री थानीले भन्नुभयो, “इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।”

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको सोमबारको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताउनुभएको छ ।

सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानी पनि सहभागी हुनेछन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा आइतबार दोहा पुग्नुभएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यस हप्ताको सुरुमा छिमेकीको ऐक्यबद्धताको प्रदर्शनका लागि कतारको भ्रमण गरको भएपनि उहाँ सम्मेलनमा पनि उपस्थित हुने बताइएको छ ।

यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँगै इजरायल–हमास युद्धमा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ।

शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारण’ र ‘स्पष्ट र विशिष्ट उपायहरू’ अगाडी ल्याउने आशा गरेको सन् २०२३ अक्टोबरमा इजरायलमा आक्रमण गरेको प्यालेष्टिनी लडाकू समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले बताउनुभएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *