`

बाबुराम भट्टराई भन्छन् – प्रधानमन्त्रीका अहिलेसम्मका कदम, नियुक्ति सकारात्मक छन्, तर …

Nepal One HD ६ असोज २०८२ ९:५९
प्रमुख खबर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेशा हेक्का राख्नु उपयुक्त हुने बताएका छन् ।

भट्टराईले भने, ‘जेन जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका प्रम सुशीला कार्कीका अहिले सम्मका अभिव्यक्ति, कदम, नियुक्ति सकारात्मक नै छन्। परन्तु आन्दोलनको रापताप सेलाउँदै जाँदा पुरानै शक्ति र प्रवृत्ति हावी हुँदै जान्छ र युवाहरूको असन्तुष्टी र आक्रोश पुनः बिष्फोट हुनसक्छ। अतः सरकारले आफ्नो लोयल्टी पुराना शक्ति र यथास्थितितिर होइन विद्रोही जेन जी र परिवर्तनतिर हो र हुनुपर्छ भन्ने हमेशा हेक्का राख्नु उपयुक्त हुनेछ। त्यसनिम्ति अन्य कुराहरूका अतिरिक्त मन्त्रीपरिषद् लगायत सबै नियुक्तिहरूमा युवा समूहबाट कमसेकम एक तिहाइ सदस्य राख्नु राम्रो हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *