`

वडादशैं : यस्तो छ रातो टीकाको महत्व, किन लगाइन्छ ?

Nepal One HD १६ असोज २०८२ ९:००
प्रमुख खबर

काठमाडौं । वडादशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडादशैं, दशहरा, विजया दशमी आदि नामले बुझ्ने गरिन्छ ।खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो हिन्दुहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड पनि हो ।

हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुलावडा मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गरिन्छ ।

यस्तो छ रोतो टीकाको महत्व

रातो एक त क्रान्तिको प्रतिक हो । शान्तिको प्रतिक, अमरत्वको प्रतिक एक अठल सौभाग्यको प्रतिकका रुपमा सेतोलाई मानिन्छ । तसर्थ विजयको रुपमा त रातो धारा लगाउनैपर्ने चलन छ । पहिले अबिर नहुँदाको अवस्थामा भारतबाट अविर आएपछि रातोको प्रचलन पनि आएको हो ।

पहिला सेतो दहीमा मुछेर चामल लगाउने प्रचलन थियो । चामल लक्ष्मीको प्रतिकको रुपमा मानिन्छ । जल तत्वको प्रतिकको रुपमा मानिन्छ । अन्न स्वयं भगवान कृष्णको प्रतिकको रुपमा मानिन्छ । भगवान शिवको रुपमा दुर्गा माँ कालीको रुपमा मानिन्छ । जसका कारण चामलमा दही मुसेर टीका लगाउने प्रचलन छ । खुशी, उत्साह र उमंगका लागि रातोको प्रचलन सुरु भएको हो । दशैमा रातो लगाउँदा पनि उत्तिकै आनन्दको महसुस हुन्छ भने सेतो लगाउँदा पनि मनमा शान्ति मिल्छ भन्ने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *