`

बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

Nepal One HD २० असोज २०८२ ७:३३
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।

उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने सबैको उच्च कदर गर्दछु।

विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाउनुभएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै प्रभावित क्षेत्रहरूमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *