जेनजी आन्दोलनले रोकिएको मापसे लगायत अन्य चेकिङ पुन सुचारु

प्रमुख खबर

काठमाडौँ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रहे । नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीहरुसँग युनिफर्म थिएन, जुत्ता थिएनन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई जरिवाना र कारवाही प्रक्रिया पनि सुरु भइसकेको छ । मापसे चेकिङ पनि ६०-७० ठाउँमा सुरु भइसकेको छ । बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ । चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ ।
‘सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारवाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौं । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ,’ उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौै । पार्किङको समस्या छ त्यमा पनि ध्यान दिन्छौं । ट्राफिक लाइटहरु पनि व्यवस्थित गरिरहेका छौै। स्पिड मापन गर्ने मेकानिज्म सुचारु छ कारबाही पनि भइरहेको छ ।’
नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ । सबै कुराहरु भौतिक रुपमै भइरहेको छ । ‘मापसे कक्षा तिहार लगत्तै सुरु हुन्छ । अहिलेसम्म चिट काटिएकाहरुले तिहारपछि क्लास लिनुपर्ने हुन्छ ।
ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रुपमै भइरहेकै छ,’ अधिकारीले भने । नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदासयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरु भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । ‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौं । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौं । आन्तरिक रुपमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौं । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौं,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको छ । ‘कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौं यायातायत कार्यालयमा गएर बनाउन सकिन्छ,’ अधिकारीले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको