हङकङ धावन मार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान

प्रमुख खबर

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उनीहरू ग्राउन्ड स्टाफ थिए । उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ ।
जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन् । उनीहरूलाई अस्पताल लगिएको छ । दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ३ः४० बजे भएको हो । दुबईबाट हङकङ एमिरेट्सको उडान ईके ९७८८ दुर्घटनामा परेको हो ।
विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७–४८१ थियो । दुर्घटनाका विषयमा विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे (स्थानीय समय) पत्रकार सम्मेलन गर्ने भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको