`

गृहमन्त्री अर्यालद्वारा जेनजी आन्दोलनमा क्षति पुगेका भवनको निरीक्षण

Nepal One HD १६ मंसिर २०८२ १९:३८
प्रमुख खबर

सुदूरपश्चिम, १६ मङ्सिर : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको धनगढीस्थित सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज निरीक्षण गर्नुभएको छ । धनगढीमा आज गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनुभएका गृहमन्त्री अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको भौतिक अवस्था र सञ्चालन व्यवस्थाबारेमा भइरहेको कामबारे जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा गृहमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा पुगेको क्षति र पुनःसञ्चालनका लागि भइरहेको कामबारे जानकारी गराउनुभएको थियो । त्यसक्रममा गृहमन्त्रीले क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रशासनिक सेवालाई नियमित गर्नेगराउने काममा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश निजामती कर्मचारी सङ्घका प्रतिनिधिले प्रदेश तथा स्थानीय तहका निजामति कर्मचारीको मर्यादाक्रमसम्बन्धी विषयमा गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । नेपाल सरकारले प्रकाशित गरेको मर्यादाक्रम विभेदकारी, अन्यायपूर्ण र सङ्घीयताको मर्म विपरीत रहेको उल्लेख गर्दै ती प्रतिनिधिहरूले संविधानले परिकल्पना गरेको सहअस्तित्व र समन्वयको भावनाअनुरूप समान तह÷श्रेणीका कर्मचारीको मर्यादाक्रम तीनवटै तहमा रहनुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *