रौतहट–१ मा माधव नेपालसँग एमालेका गुप्ताले प्रतिस्पर्धा गर्ने
नेकपा एमाले
काठमाडौं – आगामी निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा रा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
