`

निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरु सिंहदरबार परिसरमा {तस्वीरहरु}

Nepal One HD १३ माघ २०८२ १६:४२
निर्वाचन विषेश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई गाडी उपहार दिएको छ । निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरिएका छन् ।

गत मंगलबार सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई ६१ वटा क्याबिन पिकअप भ्यान हस्तान्तरण गरेको थियो । त्यसैगरी, हिजो मात्र थप ५४ वटा गाडी सिंहदरबार आइपुगेका छन् । ती गाडीहरू भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । सोही अनुरूप भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो ।
यस पटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० वटा गाडी उपलब्ध गराउने बताइएको छ । भारततर्फबाट नेपाल सरकारलाई जिम्मा लगाइसकेपछि ती गाडीहरू निर्वाचनका क्रममा आवश्यकता र उपयोगिताका आधारमा विभिन्न स्थान तथा निकायहरूमा वितरण गरिने गृह मन्त्रालयले जनाएको छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *