`

देश चलाउन गुच्चा खेलेको जस्तो होइनः ओली

Nepal One HD २२ माघ २०८२ १०:५५
नेकपा एमाले

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दाबी गर्नु हाँस्यास्पद भएको बताएका छन् ।झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दाबी गर्नु हाँस्यास्पद रहेको बताए । देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको उनको भनाइ छ । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै उहाँले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गरे । उनले अमेरिकासहितका देशहरुमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेको दृष्टान्त पनि प्रस्तुत गरे।

अध्यक्ष ओलीले देश चलाउन, दर्शन, नीति र सिद्धान्त चाहिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *