युएइद्वारा न्युजिल्याण्डलाई १ सय ७४ रनको लक्ष्य
खेलकुद
काठमाडौं । भारतमा जारी आठौ संस्करणको टि-२० विश्वकपमा युएइले न्युजिल्याण्डलाई १ सय ७४ रनको लक्ष्य दिएको छ।
भारतको एमए चिदाम्बरम क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङको निर्णय गरेको युएइले निर्धारित २० ओभरमा १ सय ७३ रन बनायो।
उसका लागि कप्तान मुहम्मद वासीमले ४५ बलमा ४ चौका र ३ छक्काको सहायतामा ६६ रनको अविजित पारी खेले। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आलिशान शरफुले ४७ बलमा ५ चौका र २ छक्कासहित ५५ रन बनाउदा मयंक कुमारले १३ बलमा २१ रन जोडे।
खेलको एक समय निकै सहज अवस्थामा रहेको युएइ खेलको अन्तिम समयमा सम्हालिन नसक्दा १ सय ७३ रनमा समेटियो। युएइलाई १ सय ७३ रनमा रोक्ने क्रममा न्युजील्याण्डका लागि म्याट हेनरीले २ विकेट लिए। त्यस्तै, ज्याकव डुफी, लक्की फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले समान १/१ विकेट लिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
