`

ठूलाे परिमाणमा चोरी भएको सुन, चाँदीका गहना र नगदसहित दुई जना पक्राउ

Nepal One HD ८ चैत २०८२ १६:०७
अपराध

काठमाडौं । काठमाडौं महानगरपालिका-५, कालोपुल लामा गल्लीमा डेरा गरी बस्‍ने व्यक्तिको कोठाबाट ठूलाे परिमाणमा चोरी भएको सुन, चाँदीका गहना र नगदसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरीको घटनाबारे जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले २३ वर्षे उपेन्द्र खत्री र २६ वर्षे निरज सापकोटा पक्राउ परेका छन् ।

खत्री बूढानीलकण्ठ नगरपालिका-२, काठमाडौं र सापकाेटा गौरीगंगा नगरपालिका–२, कैलालीका हुन् ।

बरामद सामग्रीमा सुनका तिलहरी, सिक्री, नेक्लेस, बाला, झुम्का, नौगेडीमा प्रयोग हुने गोटी, जन्तर, नाकमा लगाउने फुली र स-साना टुक्रा, चाँदीका बाला, थाली, औँठी र पाउजु रहेका छन्।

त्यस्तै, चोरीमा प्रयोग भएको होण्डा स्कुटर, धातुको चुरा, खुकुरी, फलामको रड, तरबार र दुई लाख ४९ हजार रुपैयाँ नगद पनि बरामद भएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानको लागि नियन्त्रणमा राखेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अन्य संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि पनि अनुसन्धान जारी राखेको छ।

प्रहरीले नागरिकलाई शंका लाग्ने व्यक्तिहरू वा गतिविधि देखिए तुरुन्त प्रहरीमा जानकारी गराउन पनि आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *