सडक ऐन संशोधन गर्ने विधेयक गण्डकी प्रदेशसभामा
गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सडक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायाता व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले उक्त विधेयक प्रदेशसभामा पेस गर्नुभएको हो । सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
“विधेयकमाथि छलफल भएपछि पारित गर्ने प्रकृया अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।
आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य महेन्द्र जिसीले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, दिलमाया पौवी, नन्दकला नेपाली, भक्तबहादुर कुँवर, भीमबहादुर कार्की, महेश भट्टराई, लिलबहादुर थापा, श्यामराजा महत र हरिबहादुर भण्डारीले आफ्नो धारणा राख्नुभएको थियो ।
