जेठानको मुक्का प्रहारले ज्वाइँको मृत्यु
अपराध
काठमाडौं । रामेछापमा जेठानले मुक्का प्रहार गर्दा ज्वाइँकाे मृत्यु भएकाे छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका-४ मा पारिवारिक विवादले उग्र रूप लिँदा जेठानको कुटाइबाट ज्वाइँको मृत्यु भएको हाे ।
मृतक ६० वर्षिय प्रेमबहादुर तामाङ हुन् । उनी ससुराली घरमा पाहुना आएका थिए । साेहीबेला जेठान वीरबहादुर तामाङसँग झगडा भएकाे थियाे ।
त्यसक्रममा वीरबहादुरले मुक्का प्रहार गर्दा ज्वाइँ प्रेमकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार भएको उक्त घटनापछि अभियुक्त वीर बहादुर फरार रहेका थिए। उनलाई प्रहरीले मंगलबार बिहान खारपानी क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार ससुरालीमा पाहुना आएका ज्वाइँमाथि सामान्य विवादकै बीचमा आक्रमण भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
