चार जना मृत फेला, अनुसन्धान गर्दै प्रहरी
काठमाडौ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिका-३ जातीपोखरीकी ९
वर्षीया लमिना वाईवा सोही ठाउँस्थित चुत्रोघारीडाँडाको भिर तल मृत फेला परेकी छन् । बुबा वीरेन्द्र वाईवाका अनुसार भिरदेखि चुत्राे टिप्न जाँदा लडेकाे बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेकाे छ ।
दाङकाे राप्ती गाउँपालिका-३ तल्लो मसुरिया बस्ने ५० वर्षीय राजु चौधरी सोही ठाउँस्थित कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी कुलाेमा लडेकाे हुन सक्ने प्रहरीले जनाएकाे छ ।
तेह्रथुमकाे फेदाप गाउँपालिका-२ नेवई बस्ने ४९ वर्षीय तारावीर लिम्बु सोही ठाउँस्थित घर्ते खोला नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै ललितपुर, गोदावरी नगरपालिका-५ लेले सिजापती गाउँ डेरा गरी बस्ने बैतडी घर भएका ३१ वर्षीय शैलेन्द्र धानुक आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेकाे छ ।
