सेनाको सहयोग समयमै नहुँदा देश जल्यो
अपराध
काठमाडौं । नेपाली सेनाको असहयोगले २४ भदौमा देश जलेको तथ्य सार्वजनिक भएको छ । यो तथ्य गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयाेगले सेनाकाे भूमिकामाथि पनि प्रश्न उठाएकाे छ ।
‘सामान्यतया सेनाको स्थानीय प्रतिनिधि पनि जिल्ला सुरक्षा समितिमा रहने व्यवस्था स्थानीय प्रशासन ऐनको दफ ६(७) मा रहेको र कर्फ्यु लागेपछि सेना परिचालन भई शान्ति सुरक्षामा सहयोग पुग्ने गरेको विगतको प्रचलनले देखाउँछ । २०४६ सालमा पनि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेपछि सेना परिचालन भएको इतिहास छ । करिब ९ दिन चलेको त्यस घटनामा पनि १९ जना व्यक्तिले ज्यान गुमाएका थिए । २३ भदौको घटनामा सेनाको यथेस्ट सहयोग किन प्राप्त भएन भन्ने प्रश्न अनुत्तरित नै रहेको छ ।’
प्रतिवेदनमा २४ भदाैमा कर्फ्यु आदेश जारी भएपछि पनि सेना परिचालन नभएकाे भनिएकाे छ । ‘दोस्रो दिन २४ भदौमा पनि कर्फ्यु जारी गरिएको थियो । त्यस दिन पनि सेना परिचलान भएन । फलस्वरुप नेपालले इतिहासमै नभोगेको देशभर आगजनी, लुटपाट र तोडफोडका घटनाहरू भए ’, प्रतिवेदनमा उल्लेख छ ।
सेनाकै निष्क्रिय भूमिकाले देश जल्न पुगेकाे भनिएकाे छ ।
‘देश अति कष्टकर समयबाट गुज्रिरहेको समयमा सेनाबाट शान्तिसुरुक्षा स्थापनामा ठूलो सहयोग पुग्ने जनअपेक्षा थियो तर सेनाबाट सहयोगसमयमै प्राप्त नुहँदा देशले ठूलो क्षति व्यहोर्नुपर्यो भन्ने जनगुनासो छ’, प्रतिवेदनमा छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
