नवनियुक्त प्रधानमन्त्री शाहलाई बेलायतको बधाई
प्रमुख खबर
काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त अधिराज्य बेलायतले बधाई दिएको छ । यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शाहलाई प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गरेको हो ।
नेपालसँग बेलायतको मित्रता अब आधुनिक साझेदारीतर्फ रूपान्तरण भइरहेको र यसले वर्तमान आवश्यकताहरू आर्थिक वृद्धि, युवा रोजगारी, तथा जलवायु उत्थानशीलतामा केन्द्रित रहेको दूतावासले उल्लेख गरेको छ ।नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्दै जाँदा, यी तथा अन्य क्षेत्रमा सहकार्य गर्न उत्सुक रहेको दूतावासको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
