राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक
प्रमुख खबर
काठमाडौँ। राष्ट्रियसभाको उपाध्यक्ष पदमा यही चैत २३ गते हुने निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ ।
सभाको आजको बैठकमा अध्यक्ष नारायारणप्रसाद दाहालले दिनुभएको निर्देशनबमोजिम सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत २२ गते दिउँसो २ः३० देखि अपराह्न ३ः३० बजेसम्म सिंहदरबारस्थित सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ ।
सोही दिन ४ः०० बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत २३ गते १ः१५ मा हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
