`

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भन्नुपर्ने ‘कार्यदेश’ भन्दिए ‘अध्यादेश’ (भिडियो)

Nepal One HD २० चैत २०८२ १३:१४
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ‘कार्यदेश’लाई ‘अध्यादेश’ भनेपछि आलोचित भएका छन् ।

जेन-जी विद्रोहको जाँचबुुझ गर्न गठित गौरीबहादुर कार्की आयोगलाई पहिल्यै के–के कार्य गर्ने भनेर जिम्मेवारी दिने प्रसङ्गमा उनले शुक्रबार ‘कार्यदेश’ भन्नुपर्नेमा ‘अध्यादेश’ भनेका थिए ।

शाब्दिक रूपमा यी दुई शब्दबीच आकाश–पतालको फरक छ । ‘कार्यदेश’ खासखास कार्य गर्न माथिल्लो निकायबाट कुनै आयोग वा समितिलाई प्राप्त आदेश वा अधिकार हो ।

‘अध्यादेश’ संसदको अधिवेशन नभएको बेला सरकारले विशेष अधिकार प्रयोग गरी जारी गरेको कानुनसरह मान्यता हुने आदेश हो । अर्थात् कार्यदेश गर्नुपर्ने जिम्मेवारीको क्षेत्रसँग र अध्यादेश कानुनसँग सम्बन्धित शब्द हुन् ।

तर, कानुन निर्माता अर्थात् विधायक रहेका रास्वपा सांसद शाहीले ‘कार्यदेश’ र ‘अध्यादेश’को फरक छुट्टयाउन जानेनन् ।

आलोचकहरूले भने सांसद ज्ञानेन्द्रको ‘ज्ञानको तह’ कति भन्ने थाहा भएको भन्दै टिप्पणी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *