`

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,प्रधानमन्त्री बालेनसँग छ १ करोड ४६ लाख नगद

Nepal One HD २९ चैत २०८२ २०:२०
बिशेष

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो ।

कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

बालेनको काठमाडौँमा पाँच आना जग्गा, पारिवारिक सम्पत्तिः धनुषामा १.२ बिघा जग्गा ध्रुवदेवी शाह, महोत्तरीमा रामनारायण शाह बुवाको नाममा ९ बिघा जग्गा , श्रीमती सविना काफ्लेको नाममा १९० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *