नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजेन्द्र बजगाईंले छाडे पार्टी
राजनीति
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राजेन्द्र बजगाईंले पार्टी छोडेका छन्। आफू पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको संकेत जनाउदै उनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत् पार्टीमा नरहेको घोषणा गरेका हुन्।
उनले लेखेका छन् ‘अन्ततः कांग्रेसमा बसिएन, सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्, अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्, ‘उनीहरूले यसरी खेल खेलिरहेका छन्। सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डिएनए’ बनाउने।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
