`

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

Nepal One HD ३० चैत २०८२ २२:०५
राजनीति

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ ।

हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निकायको सूचनालाई आधार मान्दै मन्त्रालयले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा गम्भीर खतरा देखिएको भन्दै उक्त कदम चालेको हो ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले सबै स्थानीय तहहरूलाई आज पत्राचार गर्दै पाँच बुँदे पत्र जारी गरेको छ ।नेपालको संविधानले कृषि तथा कृषि उत्पादन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएकाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा स्थानीय सरकारको भूमिका निर्णायक हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *