`

नेपालको विकास प्रयासमा जापानी सहयोगको सराहना

Nepal One HD २ वैशाख २०८३ २२:२४
प्रमुख खबर

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालको विकास प्रयासमा जापान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभएको छ ।मन्त्रालयमा आज नेपालका लागि जापानी राजदूत मायदा तोरुले गर्नुभएको शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा जापानी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग परियोजनासहित अन्य विभिन्न पूर्वाधार तथा विकास आयोजनाबारे चर्चा गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको उल्लेख गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल–जापानबीच विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानसम्बन्धी आवश्यकता औँल्याउँदै गृहमन्त्रीले विपद् व्यस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापनामा प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदूत मायदाले जापानको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नेपाली समुदायले प्रभावकारी योगदान पु-याइरहेको बताउनुभयो । उहाँले नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *