धमिराका विरुद्द ३७ वर्षदेखि राष्ट्रियताको संघर्ष जारी छ : बानु [भिडियाे]
बिशेष
काठमाडौँ । रास्वपा सांसद अफ्साना बानुले पछिल्ला ३७ वर्षदेखि देशभित्र विभिन्न चुनौती र संघर्षहरू जारी रहेको भन्दै देश र राष्ट्रियताको संरक्षणका लागि नागरिकहरूले निरन्तर संघर्ष गर्दै आएको बताएकी छन् । उनले देशविरोधी गतिविधिविरुद्ध आफूहरू लामो समयदेखि लडिरहेको दाबी गरिन् ।
उनका अनुसार राष्ट्रिय झण्डा ओढ्नेहरु देशद्रोही नभइ देशको रक्षा गर्ने मानिसहरु हुन् । उनले देशप्रति गद्दारी नगरेको र राष्ट्रको हितका लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गरिन् ।
बानुले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा रहेका धेरै विद्यार्थी तथा युवाहरू परिवारको जिम्मेवारी बोकेर संघर्षरत रहेको बताइन् । देश र परिवारको भविष्य सुरक्षित गर्न युवापुस्ताले लामो समयदेखि कठिन संघर्ष गर्दै आएको उनको भनाइ थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
