`

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री बालेन टुँडिखेलमा

Nepal One HD १५ जेठ २०८३ ९:३९
राजनीति

काठमाडौं । गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) टुँडिखेल पुगेका छन् । त्यहाँ आज १९औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ ।

प्रथम महिला सविना काफ्लेका साथ त्यहाँ पुगेका उनले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने छैनन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन तयार गरेर उनले बुधबार नै पठाएका छन् । उनको सम्बोधन राष्ट्रपति पौडेलले गर्ने छन् । गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मान्ने गरिन्छ ।

तर, प्रधानमन्त्री बालेनले किन गणतन्त्रलाई सम्बोधन गर्न चाहेनन् ? किन मौन रहे ? सर्वत्र चासो छ ।

कतिपयले उनले भने सम्बोधन नगरेर गणतन्त्रप्रति उनले घृणाभाव प्रकट गरेका हुन सक्ने बताइरहेका छन् ।

देशमा गणतन्त्र स्थापना भएको १५ जेठ २०६५ मा हो । त्यसअघि देशमा राजतन्त्र थियो ।

अहिले पनि राजतन्त्र पुनःस्थापनाका लागि राप्रपाले संघर्ष गरिरहेको छ । तर, उक्त शक्ति छिन्नभिन्न हुने दिशामा उन्मुख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *