`

बालेन बोल्दै

Nepal One HD १७ जेठ २०८३ १३:३२
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आइतबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सरकारका गतिविधि, समसामयिक राजनीतिक विषय तथा संसदमा उठेका प्रश्नबारे धारणा राख्न प्रधानमन्त्री शाहले संसदलाई सम्बोधन गर्न लागेका हुन्।

यसअघि प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भई सरकारको धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै निरन्तर आवाज उठाउँदै आएका थिए। विपक्षी सांसदहरूले विभिन्न राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको जवाफदेहिता आवश्यक रहेको भन्दै संसदभित्र र बाहिर दबाब सिर्जना गर्दै आएका थिए।

सोही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको सम्बोधनलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। सम्बोधनका क्रममा उनले सरकारका प्राथमिकता, आगामी कार्यक्रम तथा समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *